sujim bazar advert

माता मनकामनाको ११औं वार्षिकोत्सव, चार सेयर सदस्य सम्मानित

डबली खबर     जेष्ठ १९, २०८१

Sizen Education Consultancy Pvt. Ltd.

mata manakamana saving and credit cooperative society limited celebrate 11th anniversary
Big Education Consultancy Nuwakot
global ime bank flash loan

ढुङ्गे – माता मनकामना बचत तथा ऋण सहकारी संस्थाले आज शनिबार एक कार्यक्रमकाबीच आफ्नो ११औं वार्षिकोत्सव मनाएको छ । सहकारीले वार्षिकोत्सवको अवसरमा आफ्ना चार शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

सहकारीले आजीवन ज्येष्ठ नागिरक सम्मानबाट विष्णुप्रसाद लम्साल र रामकृष्ण राजभण्डारीलाई सम्मान गरेको छ । यस्तै, सीता केसी र रूपा शाह ठकुरीलाई आजीवन एकल महिला सम्मानबाट पुरस्कृत गरेको छ ।

सम्मानित शेयर सदस्यहरुलाई विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, १ नम्बरका वडाअध्यक्ष लेनिन रञ्‍जित, नगर सहकारी समन्वय समितिका अध्यक्ष नविन्द्रमान प्रधान, नगरपालिका सहकारी शाखाका प्रमुख नानीमैया नेपालले नगद पुरस्कारसहित दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरेका छन् ।

कार्यक्रममा नगरप्रमुख श्रेष्ठले एकै व्यक्तिले एकभन्दा बढी सहकारीबाट ऋण लिने र आफ्नो क्षमताभन्दा बढी ऋण लिई उपलब्धि, उत्पादनमुलकभन्दा पनि अर्कै क्षेत्रमा लगानी गर्ने अवस्थाका कारण सहकारी समस्याग्रस्त स्थितिमा रहेको बताए । नगरपालिकाले सहकारीको तालिम , नियमन, अनुगमन गर्ने कार्यक्रमहरु गरिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

“वित्तीय व्यवस्थापनमा आमनागरिक पहुँचमा सहकारीको परिकल्पना भएकोमा साना बचतकर्ताको बचतमा विदुर नगरपालिकाले कुनै पनि सम्झौता गर्दैन”, नगरप्रमुख श्रेष्ठले भने “त्यस्तो गरिए नगरले कडाभन्दा कडा कारवाही गरिने छ ।”

कार्यक्रममा वडा अध्यक्ष लेनिन रञ्‍जित, सहकारी समन्वयका अध्यक्ष प्रधान, सहकारी शाखाका प्रमुख नेपालले सहकारी क्षेत्रमा देखिएका जोखिमहरूको पहिचान गरी न्यूनीकरणमा लाग्नुपर्ने बताए ।

यस्तै, सहकारीले आफ्ना सेयर सदस्यका लागि सहकारी शिक्षा तथा क्षमता विकास अभिमुखीकरण प्रशिक्षण दिएको छ ।

सहकारीको वार्षिकोत्सवको अवसरमा सहकारी शिक्षा कार्यक्रम अन्तर्गत सेयर सदस्यहरुलाई क्षमता विकास प्रशिक्षण दिइएको सहकारीका अध्यक्ष नवीन राजभण्डारीले बताए । सदस्यको क्षमता अभिवृद्धि तथा संस्थाप्रति अपनत्व बढाउन प्रशिक्षण सघाउ पुग्ने अध्यक्ष राजभण्डारीले बताए ।

५० जना शेयरसदस्यको सहभागिता रहेको प्रशिक्षणमा नुवाकोट बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष नारायण श्रेष्ठले सहकारी अवधारणा, विकासक्रम, सिद्धान्त र महत्व विषयमा प्रशिक्षण दिएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top