Tuberculosis free AI checkup camp in Bidur Nuwakot
sujim advert

आलु, प्याज र स्याउमा लगाइएको भ्याट खारेज गर्नु वाहियात: पूर्वअर्थमन्त्री महत

डबली खबर     जेष्ठ १५, २०८१

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

finance minister prakash sharan mahat
bidur tax consultancy services in nuwakot

काठमाडौँ – आगामी आर्थिक बर्षको बजेट वास्तविकताभन्दा माथिको रहेकाे पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।

पूर्वअर्थमन्त्री महतले सरकारले सुधार सुरु गर्छाैं भनिएपनि सुधारका कुराहरुलाई बजेटमा समावेश नगरिएको बताए ।

“कनिका छर्ने प्रकृतिका कार्यक्रम ३ करोडभन्दा तलका कार्यक्रम बजेटमा नराख्ने कुरालाई वहाँहरुले तिलान्जली दिनुभएको छ ।”

“सुधारको बाटोमा जाँदैछौं भनेपनि सुधारको कुरा गरिएको देखिएन । निर्माणाधिन आयोजनामा बजेट विनियोजन गर्ने कुरामा वहाँ मौन हुनुहुन्छ । त्यसैले आर्थिक सुधारको सम्भावना यो बजेटले बोकेकोजस्तो मलाई लाग्दैन । उत्पादनमा आधारित अनुदान दिने कुरामा पनि वहाँ मौन बस्नुभयो । प्रधानमन्त्री कार्यक्रमको शिर्षकमा विनियोजन गर्नुभएको बजेटले झन समस्या निम्त्याउने निश्चित छ । हामीले ब्याजमा अनुदान दिने भनेपनि वहाँहरु सिधै नगद दिने बाटोमा जाँदै हुनुहुन्छ ।”

आलु, प्याज र स्याउमा लगाइएको भ्याट खारेज गर्नु वाहियात रहेकाे पूर्वअर्थमन्त्री महतले भने “मैले मेरो पालामा बाहिरबाट आउने यस्ता वस्तुमा मात्रै भन्सारमा भ्याट लगाउने कुरा गरेको थिएँ । तर, बजेटमार्फत वहाँले ढाँटेर आन्तरिक उत्पादन बढ्ने अभिव्यक्ति दिनुभएको छ । खासगरी नेपालको होलसेल मार्केटको सेटिङमा यस्ता वस्तुमा लगाईएको भ्याट हटाइएको देखिन्छ । खासगरी करका दर के केमा हटाईएका छन् विस्तृत आएपछि थाहा होला तर, अत्यावश्यक स्थान र पूर्वाधारमा खर्च गर्नेलगायतका काममा भने बजेटले ध्यान नदिएको देखिन्छ । सायद वहाँहरुले आफ्ना समर्थकहरुलाई छर्नेगरी बजेट ल्याएको हुनुपर्छ ।”

“हामीले अघि बढाएको कन्ट्री रेटिङ यसैबर्ष सम्पन्न हुने गरी काम गरिरहेका थियौं । तर वहाँले आगामी आवमा हुने बताउनुभएको छ । त्यसैले धेरै उत्पादनमुखी र विकासमुखी बजेट भने नआएको देखिन्छ । आर्थिक वृद्धि पनि धेरै नहुने अपेक्षा यत्तिकै छ । बजेटले धेरै विषयवस्तुहरु छुने कोशिष गरिएपनि निश्चित रुपले परिणाम आउने अवस्था भने देखिँदैन ।”

बजेट धेरै छरिएको छ । यसले धेरै पुराना आयोजनाहरु अलपत्र हुने देखिन्छ । यो बजेटले बजेटरी सिस्टमलाई सुधारमा लैजाने र वेथितिको अन्त्य गर्ने कुरालाई बेवास्ता गरेको छ । यसले नेपालको अर्थतन्त्रमा झन समस्या उत्पन्न हुने छ । यस्तै यस्तो बजेटले निजी क्षेत्रमा जाने पैसामा संकुचन पैदा हुने देखिन्छ ।

३ करोडभन्दा तलको आयोजनामा पनि बजेट विनियोजन हुने कुराले यसअघिको कार्यविधिलाई मिचेको छ । अहिलेको बजेटले धेरै उत्साहित हुने आधार देखाउँदैन । धेरै रकम फिक्स्ड कस्टमा जस्तै पुलिस प्रसासनको तलव भत्तामा गएको छ । दोहोरो सामाजिक सुरक्षा भत्ता लिईरहेकालाई के गर्ने र सामाजिक सुरक्षा भत्तालाई कसरी नियन्त्रणमा लिने भन्ने कुरामा वहाँ मौन हुनुहुन्छ । त्यसैले यसले दायित्व नियन्त्रण गर्न सकिँदैन ।

त्यसैमाथि बढिरहेको वैदेशिक ऋणको दायित्वका कारण पुँजीगत खर्चमा पनि आवश्यक वृद्धि हुन सकेको छैन । यस्तो बेलामा वितरणमुखी बजेट ल्याएर आँखामा छारो हाल्न खोज्नुभएको देखिन्छ । धेरैजसो बजेट वितरणमुखी भएको छ । बजेटले बोलेको कुरा पूरा हुने आधार छैन । यसले कुनै कुरालाई प्राथमिकिकरण गर्दैन । हामीले अघि बढाएको कार्यायोजनालाई आत्मसात गरिएको देखिँदैन ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top