२०८१, १९ बैशाख बुधबार

च्वाडि पब्लिकले मनायो ६३औं वार्षिकोत्सव

डबली खबर     पुष २९ २०८० ११:५३

chwadi public secondary school celebrated 63th anniversary
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिका-५ माझिटारमा रहेको च्वाडि पब्लिक माध्यमिक विद्यालयले आफ्नो ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

वार्षिकोत्सव समारोहमा विद्यालयका पूर्वप्रधानाध्यापक रामप्रसाद जाेशीको प्रमुख आतिथ्यता र विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपानेको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेले विद्यालयकाे भाैतिक, शैक्षिक र आगामी कार्यदिशा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अक्षयकोष र स्मृति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । पूर्व शिक्षक शिवकुमार मिश्रले अक्षयकोषबाट विद्यालयमा अध्यनरत कक्षा एकदेखि १० सम्मका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

यसैगरी विद्यालयका संस्थापक समितिका स्वर्गीय टेकबहादुर थापामगरकाे सम्झनामा उनका सन्तान दिवाकर थापामगर, निर्मला रानामगर र प्रभाकर थापामगरले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षयकोष स्थापनार्थ प्रधानाध्यापक द्वारिकाप्रसाद पाण्डेलाई एक लाख ४०५ रुपैयाँ नगद रकम हस्तान्तरण गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुदका विजयी प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थी खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरुले आआफ्नो कला प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top