+
Search

ताजा अपडेट +

पपुलर +

२२ जनाले गरे रक्तदान

blood donation nepali congress
डबली खबर
२ साल अगाडी

विदुर – नेपाली काँग्रेस नुवाकोट संगठन विभागको आयोजनामा बिहिबार रक्तदान भएको छ ।

नेपाल रेडक्रस सोसाइटीको रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा २२ जना रक्तदाताले रक्तदान गरेको पार्टीका सचिव तथा सङ्गठन बिभागका प्रमुख श्रीराम श्रेष्ठले जानकारी दिए ।

दीर्घरोगी र दुर्घटनामा परेका बिरामीलाई रगत बढी नै आवश्यक पर्ने कुरालाई सभापति रमेशकुमार महतले रक्तदानले बिरामीहरुलाई ठुलो सहयोग पुग्ने बताए ।

आगामी दिनमा रक्तदान कार्यक्रमलाई जिल्ला हुदैं वडास्तरीयसम्म पुर्याउने सङ्गठन प्रमुख श्रेष्ठले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ