sujim advert

प्रविधिमैत्री कक्षाकोठा सञ्चालनार्थ कार्यशाला

डबली खबर     पुस २०, २०८०

sizen education new intake 2025
ananda Jewellery shop
advertisement placement

horion smart board workshop in nuwakot bidur
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

नुवाकोट – कम्प्युटर एसोसिएसन महासंघ नेपालको जिल्ला शाखा नुवाकोटको आयोजनामा प्रविधिमैत्री कक्षा सञ्चालनार्थ एक दिने कार्यशाला भएको छ ।

शुक्रबार क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालको सभापतिमा भएको कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

होरिअन नेपालको आर्थिक सहयोग र युनिभर्सल कम्प्युटरको समन्वय भएको कार्यक्रममा नुवाकोट जिल्ला १२ वटै स्थानीय तहका सामुदायिक तथा निजी विद्यालयका १२० जना प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको क्यान नुवाकोटका सहसचित सुनील श्रेष्ठले जानकारी दिए।

कार्यक्रममा होरिन नेपालका प्राविधिक इन्जिनियर विनोद भण्डारीले स्मार्ट बोर्डको उपयोगिताबारे जानकारी गराएका थिए । शिक्षणमा असिमित स्रोतको प्रयोग गरी डिजिटल अध्यापनमा सहयोग पुग्ने उनले बताए ।

प्रविधिमैत्री शिक्षण सिकाइमा स्मार्ट बोर्ड मानव स्वास्थ्यको लागि लाभदायिक हुनुको साथै परम्परागत शिक्षणलाई परिवर्तन गर्ने जनाएको छ । बोर्डबाट किताब अक्षर र चित्रमा सिमित नभएर श्रव्यदृश्यसहितको अध्यापनले विद्यार्थीको अध्ययनमा समेत टेवा पुग्नेछ ।

शिक्षकलाई प्रविधिमैत्री बनाउन विशेष सहयोग गर्ने स्मार्ट बोर्डमा कम्प्युटर, प्रोजेक्टर, अनलाइन च्याट, स्क्यानलगायत सुविधा रहेको छ ।


nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top