sujim bazar advert

विद्यार्थीलाई पोशाक वितरण

डबली खबर     पुस १३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

school uniform tracksuit distribution nuwakot cpuml bidur
Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट – विदुर नगरपालिका वडा नम्बर ८ मा रहेको जनशक्ति आधारभूत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

आज शुक्रबार एक कार्यक्रमकाबीच समाजसेवी तथा व्यवसायी नमराज ढुङ्गानाले विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई ट्रयाक सुट र टिसर्ट वितरण गरेका छन् । विद्यार्थीहरूलाई जाडोयाममा न्यानो बनाउन र अध्ययनप्रति जागरुक बनाउनका लागि विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको उनले बताए ।

विद्यालयका व्यवस्थापन अध्यक्ष होमबहादुर बोगटी र प्राध्यापक अर्जुनप्रसाद रिजालको उपस्थितिमा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य विन्दा ढुङ्गाना, नेतृ अम्बिका पौडेल नेपाल, एमाले पार्टी कार्यालय सचिव अरुणकुमार श्रेष्ठ र नुवाकाेट निर्माण व्यवसायी संघका उपाध्यक्ष रामचन्द्र श्रेष्ठले संयुक्तरुपमामा विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।

दाम्पत्य द्वय ढुंगानाको व्यक्तिगत सहयोगमा पोशाक वितरण गरिएको विद्यालयका व्यवस्थापन अध्यक्ष बोगटीले जानकारी दिए ।

विद्यालय पोशाक पाएपछि विद्यार्थीहरू खुशी भएका छन्।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top