sujim advert

रेडियोकर्मीलाई तालिम

डबली खबर     पुस ९, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

radio technician training in nuwakot
bidur tax consultancy services in nuwakot

नुवाकोट – रेडियोकर्मीलाई दक्ष बनाउने उद्देश्यले सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्वारा आयोजित तालिम आइतबारदेखि नुवाकोटको विदुरमा सुरु भएको छ ।

तालिममा समाचार उत्पादनका लागि आवश्यक प्राविधिक ज्ञान र रेडियोका लागि उत्पादित सामग्रीलाई डिजिटल माध्यमबाट वितरण गर्ने पोडकाष्टको सीप सिकाइने सञ्चार रजिष्ट्रारको कार्यालयका प्रमुख रेवतीप्रसाद सापकोटाले जानकारी दिए।

तालिममा प्रदेशका रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौ, मकवानपुर र धादिङका २३ जना रेडियोकर्मीको सहभागिता रहेको छ ।

तालिमलाई रत्नराज्य क्याम्पसका पत्रकारिता विभाग प्रमुख डा. श्रीराम पौडेल र सञ्चार रजिष्ट्रार कार्यालयका इञ्जिनियर रोशन कोइरालाले सहजीकरण गर्नेछन् ।

रेडियोलाई बचाउन र टिकाउन खोजिएको उपाय स्वरुप सञ्चालित तालिमबाट सीप सिकेपछि रेडियोकर्मीहरुले गुणस्तरिय रेडियो सामग्री उत्पादन गर्ने जनाएको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top