२०८१, १५ बैशाख शनिबार

खड्गभञ्ज्याङ्ग साना किसान सहकारीको अध्यक्षमा ठकुरी

डबली खबर     पुष ८ २०८० १२:००

khadgabhanjyang sana kisan cooperative nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – खड्गभञ्ज्याङ्ग साना किसान सहकारी लिमिटेडको अध्यक्षमा सावित्री ठकुरी निर्वाचित भएकी छिन् ।

शनिबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यमा भएको सहकारीको चौथौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ठकुरी सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन् । उनको अध्यक्षतामा सात सदस्यीय समिति गठन भएको छ ।

सहकारीको उपाध्यक्षमा चन्द्रावति ढकाल र सदस्य दीपा बस्नेत पण्डित, कल्पना पौडेल, मिरा घिमिरे, लक्ष्मी अमात्य र मेलिना श्रेष्ठ चयन भएका छन् ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा मैना दाहाल रिमाल र सदस्यमा गोमा लामिछाने र देवकी श्रेष्ठ चयन भएका छन् ।

गत आर्थिकवर्ष २०७९/०८० मा सहकारीको शेयर पूँजी ५४ लाख ६२ हजार, जगेडा कोष २१ लाख ५५ हजार ६२९ र एक करोड ४९ लाख ७८ हजार २०३ रुपैयाँ निक्षेप सङ्कलन गरेको छ । सहकारीले वित्तीय कारोबारबाट १८ लाख ७१ हजार ६४३ रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

हाल सहकारीमा महिला ६०१ र पुरुष ३ गरी कुल ६०४ जना शेयरधनी रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top