२०८१, १६ बैशाख आईतवार

न्यानो कपडा वितरण

डबली खबर     पुष ६ २०८० १०:०९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीमा रहेको कुम्भेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत १८७ जना बालबालिकालाई न्यानो कपडा स्वीटर वितरण गरिएको शिवपुरी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य कमल लामा (नुवाकोटे टाइगर) ले जानकारी दिए ।

नेकपा एमालेका नेता सुशील खड्काको व्यक्तिगत सहयोगमा न्यानो कपडा वितरण गरिएको वडा सदस्य लामाले बताए ।

कार्यक्रममा एमाले नेता खड्काले विद्यालयका प्रधानाध्यापक माधव ठकुरीलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसैगरी, टीका-कमला थापा स्मृतिबाट शिवपुरीका जेहन्दार कक्षा ९ र १० मा अध्ययनरत ४१ जना विद्यार्थीलाई रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top