२०८१, १५ बैशाख शनिबार

कुम्भेश्वर दर्पण विमोचित

डबली खबर     पुष १ २०८० १६:१९

kumbheshwar darpan 2080
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – सङ्घीय अर्थमन्त्री डा. प्रकाशशरण महत र बागमती प्रदेश आर्थिक योजना तथा मामिला मन्त्री बहादुरसिंह लामाले एक कार्यक्रमबीच संयुक्तरुपमा कुम्भेश्वर दर्पण विमोचन गरेका छन् ।

शिवपुरी गाउँपालिका-७ मा रहेको कुम्भेश्वर माध्यामिक विद्यालयको ५०औं वार्षिकोत्सव तथा स्वर्ण जयन्तीको अवसरमा प्रकाशित उक्त स्मारिकाको विमोचन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आफु चौतारीमा अध्ययन गरेर यो स्थानमा पुग्न सफल भएको बताए । विद्यार्थी मेहेनतकासाथ पढे, शिक्षकले राम्रो पढाए र अभिभावकले पढ्नको लागि वातावरण बनाए आफुभन्दा धेरै अगाडी बढ्न सफल हुने बताए ।

सामुदायिक विद्यालयमा भौतिकलगायत शैक्षिक सामग्री, मावनस्रोतसाधन सबै सुविधा उपलब्ध रहेकोले अवस्थामा उनले भने “पढ्नेले पढ्ने पढ्ने पढ्ने, पढाउनेले पढाउने पढाउने पढाउने” ।

समयसँगै इन्टरनेटमार्फत सबै कुरा आर्जन गर्न सहज हुने भएकोले शिक्षकलाई चुनौती थपिएको उनले बताए ।

स्मारिकामा विद्यालयको इतिहास, वर्तमान, चुनौती तथा शिक्षक, विद्यार्थीहरुको लेख समावेश गरिएको छ ।

कार्यक्रममा पूर्वशिक्षक, विद्यार्थीलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top