नुवाकोट – अन्तर विद्यालयस्तरीय टि-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।
नुवाकोट क्रिकेट संघको आयोजनामा भोलिदेखि हुन लागेको एघारौं संस्करणको क्रिकेट प्रतियोगिता भोलि मङ्सिर २४ गतेदेखि हुन लागेको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा हुने उद्घाटन खेलमा सुभेनियर बोर्डिङ स्कुल र अर्किड एकेडेमीबीच हुने जनाएको छ ।
प्रतियोगितामा जिल्लाका सामुदायिक र निजीका छ विद्यालयहरुले सहभागिता जनाएको सङ्घका सचिव करण खतिवडाले जानकारी दिए ।
प्रतियोगितामा विजेता र उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताभरीकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
फाइनल यहि मङ्सिर २८ गते हुने जनाएको छ ।
जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले क्रिकेट प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

प्रतिक्रिया