sujim advert

पञ्चकन्यामा बाल साहित्य महोत्सव, पञ्चकन्याका कथाहरु विमोचित

डबली खबर     मंसिर २३, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

नुवाकोट – पञ्चकन्या गाउँपालिकको आयोजनामा प्रथम बाल साहित्य महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा आयोजित विभिन्न विधागत प्रतियोगिततर्फ नवसञ्जिवनीका बालक्लब उत्कृष्ट बाल क्लब र सप्तकन्या आधारभूत विद्यालय उत्कृष्ट पाठक र पठन प्रवाह भएका थिए ।

यस्तै वक्त्तिवकलामा राष्ट्रिय माविले प्रथम श्रेणी हासिल गरेका थिए । शैक्षिक सामाग्री प्रदर्शनी विधामा प्रथम बच्छला मावि, द्वितीय इन्द्रायणी मावि, तृतिय कालिका मावि र सान्त्वना पुरस्कार पञ्चकन्या माविले पाएको थियो ।

त्यसैगरी पढाइ दौड र विद्यार्थीहरु बीचमा कथा वाचन तथा कथा लेखन गरिएको थियो ।

“पञ्चकन्याका कथाहरु” विमोचन गर्दै गाउँपलिकाकी उपाध्यक्ष बिमला केसी ।

गाँउपालिकाको मौलिक किवदन्ती, लोक कथा आदिमा आधारित विद्यार्थीहरुको कथा लेखन प्रतिस्पर्धाबाट छानिएर आएका कथाहरु मध्येबाट ३ वटा उत्कृष्ट कथा पुस्तकका रुपमा पञ्चकन्याका कथाहरु विमोचन गरिएको थियो ।

उक्त महोत्सवमा बाल विवाहविरुद्ध सडक नाटक प्रदर्शन गरेका थिए । नाटकले समाजमा जगडिएर रहेको बाल विवाह र यसले पारेको आर्थिक, समाजिक पारिवारिक असरलाई चित्रण गरिएको थियो साथै सानै उमेरमा विवाह गर्दा एउटा नारिले भोग्नु पर्ने पिडाहरु र स्वास्थ्यमा परेका समस्याहरुलाई मध्य नजर गरि प्रदर्शन गरिएको थियो ।

रुम टु रिड, गुड नेबर्स इन्टरनेशनल र रुडेक नेपालको प्राविधिक सहयोगमा भएको उक्त महोत्सवमा विभिन्न विधामा २७ वटा विद्यालयहरुले प्रतियोगितामा भाग लिएको थियो ।

महोत्सवमा शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीको साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु गरी करिब आठसय जनाले सहभागिता रहेको जनाएको थियो ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top