sujim advert

बचत तथा ऋण सहकारी संघको अध्यक्षमा श्रेष्ठ

डबली खबर     मंसिर १७, २०८०

sizen education new intake 2025
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot

विदुर – नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा नारायण श्रेष्ठ चयन भएका छन् ।

आईतबार कोलोनीमा भएको संघको अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको छ ।

संघको उपाध्यक्षमा सूर्यकुमार श्रेष्ठ, सचिवमा नारायण खनाल र कोषाध्यक्षमा रामराजा श्रेष्ठ चयन भएको छन् ।

संघको सदस्यहरुमा भोलाशंकर गुरुवाचार्य, शान्ति गुरुङ, नविनराज भण्डारी, दिपेन्द्र न्यौपाने, राजेन्द्र खड्का, रामप्रसाद रिमाल र रमेश श्रेष्ठ चयन भएका छन् ।

यसैगरी संघको लेखा समितिमा हरिकृष्ण श्रेष्ठलाई संयोजक चयन गरिएको छ । सदस्यमा राजकुमार तिमिल्सिना र ज्ञानेश्वर अमात्य रहेका छन् ।

निर्वाचित पदाधिकारीलाई जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सपथ ग्रहण गराएका थिए ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top