२०८१, २२ बैशाख शनिबार

नेपाल जेसीजको महाधिवेशन बुटवलमा हुने, दुईको उम्मेदवारी

डबली खबर     मंसिर २७ २०८० ११:३४

jci nepal 50th election
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशन बुटवलमा हुदैंछ । आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म नेपाल जेसीजको महाधिवेशन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको हो ।

बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको महाधिवेशन भएकाले सन्दर्भ मिलाएर बुटवलमा गर्न लागिएको सम्मेलन निर्देशक तथा पूर्वअध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए ।

महाधिवेशनमा तयारी तीव्र पारिएको र यसलाई सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए । महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट करिब एक हजार आठ सय प्रतिनिधि बुटवलमा आउने छन् भने त्यसबाहेक पर्यवेक्षक तथा अतिथि समेत गरी तीन हजार बढीको सहभागिता रहने उनले जानकारी दिए ।

महाधिवेशनका लागि शान्ति पदयात्रा, अतिथि सत्कार, उम्मेदवार प्रशिक्षण तथा अन्तरवार्ता, सुरक्षा तथा सरसफाइ, सूचना तथा प्रचारप्रसार समिति लगायतका १७ वटा उपसमिति गठन गरिएको प्रचारप्रसार समितिका संयोजक राजिव गौतमले जानकारी दिए ।

वर्ष २०२४ को अध्यक्षको लागि नुवाकोटका संस्थापक अध्यक्ष रविन पोखरेल र देवदहका विजय गुरुङले अध्यक्ष पदको लागि उम्मेदवारी दिने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top