sujim advert

२१ जना पक्राउ

डबली खबर     कार्तिक ३०, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

play card
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिका–२ विदुरस्थित नर्थ भ्यू होटलमा कौडा खेलिरहेको अवस्थामा २१ जना पक्राउ परेका छन् ।

गोप्य सूचनाको आधारमा प्रहरीले होटलमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख सञ्जिवसिंह थापाले जानकारी दिए । खेलबाट नगद ६ लाख ५२ हजार १९२ रूपैयाँसहित पक्राउ गरेको जनाइएको छ ।

थप अनुसन्धानको लागि सबैलाई हिरासतमा राखिएको छ ।

मुलुकी अपराध संहिता २०७४ अनुसार पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्नेसरह नै कारबाहीको व्यवस्था गरिएको छ । त्यस्तै जुवा खेल्नेलाई ठाउँ उपलब्ध गराउनेलाई पहिलो पटक ३ सय रुपैयाँ जरिवाना, दोस्रो पटकदेखि ३ महिनादेखि ९ महिनासम्म कैदको व्यवस्था पुरानो कानूनमा गरिएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top