World Tuberculosis Day 2025
sujim advert

शनिबार “लप्से झरना” महोत्सव हुदैं

डबली खबर     कार्तिक २२, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

lapse jharana shivapuri-6 nuwakot
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – शिवपुरी गाउँपालिका-६ स्थित लप्से झरनालाई लक्ष्य गरी यही कात्तिक २५ गते महोत्सव गरिने भएको छ ।

‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रा युवा क्लबको व्यवस्थापन सहयोगमा ‘लप्से झरना महोत्सव’ गर्न लागिएको हो ।

महोत्सवमा जाने पदमार्ग, स्थानीय १०–१२ घरमा होमस्टे ‘घरबास’ समेतको व्यवस्था तथा सम्पूर्ण तयारी पुरा भएको भएको आयोजक वडा अध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिएका छन् । स्थलगत अध्ययनपछि महोत्सवको आयोजना गरी महोत्सवमा आउने अवलोकनकर्ता लोकल गुन्द्रुक,मकै र भटमासको साथमा सिस्नो समेत चखाउने तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

शिवपुरी गाउँपालिका वडा नं. ६ को आयोजना तथा समुन्द्रादेवी युवा क्लबको व्यवस्थापनमा हुने महोत्सवमा स्थानीयस्तरका लोकल कुखुराको मासु र ढिडो समेत नवआगन्तुकलाई खुवाउने प्रबन्ध गरिएको वडा नम्बर ६ का सदस्य कमल तामाङ (नुवाकोटे टाइगर) ले बताए ।

बाह्रै महिना सदाबहार सय फिट उचाईबाट झर्ने यस झरना राजधानी काठमाडौंबाट नजिकै रहेको सो झरनास्थल टोखा हुँदै पुग्न करिब एक घण्टा लाग्छ । करिब १५ मिनेट भने पैदल हिँड्नुपर्ने हुन्छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top