२०८०, २० मंसिर बुधबार
social securities awareness bidur municipality

२५ जना रक्तदाताले गरे रक्तदान

डबली खबर     कार्तिक २० २०८० १२:३४

blood donation program in trishuli hospital
pratik book and stationery center in nuwakot

कोलनी – काजी ग्रुप नुवाकोटले आयोजना गरेको रक्तदान कार्यक्रममा २५ जना रक्तदाताले रक्तदान गरेका छन् ।

त्रिशूली अस्पतालको प्राङ्गणमा भएको रक्तदानमा २५ जनाले रक्तदान गरेको कार्यक्रम आयोजकका प्रतिनिधि श्याम ओझाले जानकारी दिए ।

गत शुक्रबार मध्यराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घाइते विरामीको लागि रगतको अभाव नहोस भन्नका लागि पनि रगत सङ्कलनको लागि रक्तदान कार्यक्रम गरिएको काजी ग्रुप नुवाकोटले जनाएको छ ।

रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको प्राविधिक सहयोगको समन्वयमा भएको हो ।

रक्तदातालाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष राजु पण्डितले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top