sujim advert

श्रीकृष्ण सहकारीको शेयर पूँजी २ करोड ६० लाख

डबली खबर     कार्तिक १८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

shreekrishna cooperative nuwakot agm 2080
bidur tax consultancy services in nuwakot

विदुर – श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शेयर पुँजी दुई करोड ६० लाख पुगेको छ ।

शनिबार भएको सहकारीको २६ औं वार्षिक साधारणसभामामा अध्यक्ष बच्चुमाया सुनारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको शेयर पुँजी दुई करोड ५९ लाख ९६ हजार पुगेको छ ।

यस्तै, सहकारीले आर्थिक वर्ष २०७९/०८० मा ११ करोड ३८ लाख रुपैयाँ बचत संकलन र नौ करोड ८७ लाख रुपैयाँ कर्जा लगानी गरेको कोषाध्यक्ष खड्काको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले एक करोड ४८ लाख रुपैयाँ आम्दानी र १८ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कार्यक्रम विदुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष निलमबाबु ढुंगेलको प्रमुख आतिथ्यमा भएको थियो ।

साधारणसभाले अध्यक्ष सुनारी, कोषाध्यक्ष गजेन्द्र खड्का र लेखा समिति संयोजक राजेन्द्र तिवारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, निती तथा कार्यक्रम, प्रस्तावित बजेट र लेखा समिति प्रतिवेदन पारित गरेको छ ।

सहकारीमा एक हजार चार सय ७२ जना सेयर सदस्यहरु रहेको जनाएको छ ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top