२०८१, १४ बैशाख शुक्रबार

ब्रोम्दिङको पर्यटन विकासमा प्रदेश सरकार लाग्नेछ – मुख्यमन्त्री जम्कट्टेल

डबली खबर     कार्तिक १६ २०८० ०८:५०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – ब्रोम्दिङ पर्यटकिय क्षेत्रको विकासको लागि प्रदेश सरकारले विषेश योजना बनाएर अघि बढ्ने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले प्रतिबद्धता जनाएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको ब्रोम्दिङ पर्यटन महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कटेलले उक्त प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा प्राकृतिक रुपमा रहेका पर्यटकिय क्षेत्रको स्वरुपलाई जस्ताको तस्तै राखि विकास गर्नु पर्ने धारण राखेका छन् ।

कार्तिक १५ गतेदेखि १६ गतेसम्म हुने महोत्सव धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा रहेका पर्यटकीय क्षेत्र ब्रोम्दिङ, जरुङ, थामभञ्ज्याङ लगायतको क्षेत्र प्रवर्धन गर्न आयोजना गरिएको जनाएको छ।

ब्रोम्दिङ शैलुङ र दामनको सम्मिश्रण भएको उत्कृष्ट पर्यटकीय गन्तव्य हो । जहाँ शैलुङमा देखिने स–साना डाँडा भएका थुम्का छन् भने दामनको जस्तो चिसो मौसम पाइन्छ ।

२२ सय मिटर उचाईमा रहेको ब्रोम्दिङबाट गणेश हिमाल, मनास्लु लगायतका हिमश्रृङ्खला स्पष्टसँग देख्न पाइन्छ । तामाङ बस्तीको बाहुल्यता रहेको ब्रोम्दिङ स्थानीय परिकार र उत्पादनले पनि भरिपूर्ण ठाउँ हो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top