२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

नागरिक एपमा भएको लाईसेन्सलाई ट्राफिक प्रहरीको मान्यता

डबली खबर     कार्तिक १३ २०८० १६:३६

nagarik app nepal police traffic
pratik book and stationery center in nuwakot

काठमाडौं – अब नागरिक एपमै भएको सवारीसाधनको चालक अनुमतिपत्र (लाईसेन्स) ले पनि सक्कली लाईसेन्स सरह मान्यता पाउने भएको छ ।

आज सोमबार नागरिक एपले आफ्नो सामाजिक सञ्जालमार्फत एउटा पोष्ट गर्दै नागरिक एपमा लिंक भएको लाईसेन्सले पनि मान्यता पाउने जानकारी दिएको हो ।

यसअघि नागरिक एपमा भएको लाईसेन्सलाई पनि मान्यता दिनुपर्ने बहस भएको थियो । तर, ट्राफिक प्रहरीले उक्त व्यवस्था कार्यान्वयन गर्न मानिरहेको थिएन । अब भने देशव्यापी रुपमा नै यो कार्यान्वयनमा आएको नागरिक एपले जानकारी दिएको छ ।

नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको नागरिक एपले जानकारी दिएको हो ।

‘यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस,’ नागरिक एपले सामाजिक संजालमा पोष्ट गर्दै भनेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top