२०८०, १५ मंसिर शुक्रबार
social securities awareness bidur municipality

नुवाकोटमा आँखा अस्पतालको भवन शिलान्यास

डबली खबर     कार्तिक १ २०८० १९:२६

pratik book and stationery center in nuwakot

विदुर – नेपाल रेडक्रस सोसाइटी नुवाकोट र तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित सामुदायिक आँखा केन्द्रको शल्यक्रिया भवनको बुधबार शिलान्यास गरिएको छ ।

आगामी १३ महिनाको अवधिमा निर्माण सम्पन्न हुने भवनको लागत दुईकरोड २६ लाख रहेको नेपाल रेडक्रस सोसाइटीका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

केन्द्रले स्थापनादेखि अहिलेसम्म तीनलाख ५० हजार आँखाका बिरामीलाई उपचार सेवा प्रदान गरेको छ भने करिब पाँचसय बिरामीको सफल शल्यक्रियाद्वारा आँखाको ज्योति फर्काइ सकेको केन्द्रका प्रमुख ताराबहादुर वाइबाले बताए ।

नुवाकोट जिल्लामा सहुलियत रुपमा सेवा प्रवाह गर्दै आएको सामुदायिक आँखा केन्द्रका कारण आँखाको उपचारका लागि राजधानी जानुपर्ने बाध्यता हट्ने अपेक्षा लिएको छ ।

केन्द्रले सामुदायिक कार्यक्रमअन्तर्गत समुदायमा आधारित विद्यालय आँखा स्वास्थ्य, तालिम, जनचेतना र विभिन्न प्रकारका शिविरहरू सञ्चालन पनि गर्दै आएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top