sujim bazar advert

सेजेन एजुकेशनल कन्सल्टेन्सी सञ्चालनमा

डबली खबर     अशोज २८, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

sizen education constulatancy irreguration in battar bidur municipality mayor rajan shrestha
Big Education Consultancy Nuwakot

नुवाकोट – उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई लक्षित गरी सेजेन एजुकेशनल कन्सल्टेन्सी विदुर नगरपालिकाको बट्टार सञ्चालनमा आएको छ ।

कन्सल्टेन्सीको आइतबार विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख श्रेष्ठले उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई काठमाडौं पुगेर अध्ययन गर्नुपर्ने बाध्यता हटेको बताए । युवा जनशक्ति विदेशीने समस्यालाई न्यूनीकरण गर्न र विदेशीएकालाई फर्काउन विदुर नगरपालिकाले रोजगारको सिर्जना गर्न भौतिक निर्माण तथा विकासको कार्ययोजना गर्दै अघि बढेको छ। विदेश जाने तरखर गरेका र गइसकेका दुवैलाई गाउँ फर्कने वातावरण सिर्जना गर्न नगरपालिकाले सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तर्गत सूचना, परामर्श तथा अभिमुखिकरण कार्यक्रम भइरहेको बताए ।

कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रोशनराज अधिकारीले उच्च शिक्षा अध्ययनका लागि विदेश चाहने विद्यार्थीलाई विदेश पठाउने मात्र नभएर कन्सल्टेन्सीले अध्ययनको समयावधिपछि घर फर्कन समन्वय पनि गरिने बताए ।

जापान र अष्ट्रेलियामा अध्ययनको लागि भाषा तयारी कक्षा तथा सम्पूर्ण कागजात बनाउने सुविधा कन्सल्टेन्सीमा रहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top