sujim bazar advert

हुलाक दिवसमा सेवाग्राही सम्मानित

डबली खबर     अशोज २२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

world post day customer
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – १४९औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय नुवाकोटले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।

टिकट खरीदको लागि कार्यालय पुगेका विदुर नगरपालिका-४ विदुरका श्रीकृष्ण आचार्यलाई खादा लगाएर कार्यालयले सम्मान गरेको कार्यालयका प्रमुख नन्दकिशोर यादवले जानकारी दिए । हिमालयन एभरेष्ट ईन्स्याेरेन्स लिमिटेडका नुवाकोट शाखा प्रमुख रहेका आचार्य कार्यालयको कामले टिकट खरिद गर्न हुलाक पुगेका थिए ।

हुलाक दिवसमा सम्मानित कर्मचारीहरु ।

यस्तै, कार्यालयले खरीदार शंकर ओली, हुलाकी कृष्ण गजुरेल, रामचन्द्र खड्की र ठाकुर तिमल्सिना सम्मान गरेको छ । साथै ८० वर्ष उमेर भएका लामोसमयदेखि कार्यरत अतिरिक्त हुलाकका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

कार्य सम्पादनका आधारमा हुलाक दिवसको अवसरमा कार्यालयमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाज, पत्रिका दर्ताका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ ।

सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष हुलाक दिवस मनाउने गरिएको छ । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top