२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

हुलाक दिवसमा सेवाग्राही सम्मानित

डबली खबर     आश्विन २२ २०८० १५:३६

world post day customer
pratik book and stationery center in nuwakot

विदुर – १४९औँ विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय नुवाकोटले पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ ।

टिकट खरीदको लागि कार्यालय पुगेका विदुर नगरपालिका-४ विदुरका श्रीकृष्ण आचार्यलाई खादा लगाएर कार्यालयले सम्मान गरेको कार्यालयका प्रमुख नन्दकिशोर यादवले जानकारी दिए । हिमालयन एभरेष्ट ईन्स्याेरेन्स लिमिटेडका नुवाकोट शाखा प्रमुख रहेका आचार्य कार्यालयको कामले टिकट खरिद गर्न हुलाक पुगेका थिए ।

हुलाक दिवसमा सम्मानित कर्मचारीहरु ।

यस्तै, कार्यालयले खरीदार शंकर ओली, हुलाकी कृष्ण गजुरेल, रामचन्द्र खड्की र ठाकुर तिमल्सिना सम्मान गरेको छ । साथै ८० वर्ष उमेर भएका लामोसमयदेखि कार्यरत अतिरिक्त हुलाकका कर्मचारीहरुलाई सम्मान गरेको छ ।

कार्य सम्पादनका आधारमा हुलाक दिवसको अवसरमा कार्यालयमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको कार्यालयका प्रमुख यादवले जानकारी दिए ।

सूचना प्रविधिको विकाससँगै हुलाक सेवा लिनेको संख्या उल्लेख्य मात्रामा घटेको छ । यद्यपि, सरकारी कामकाज, पत्रिका दर्ताका लागि भने अझै हुलाक सेवाको प्रयोग हुँदै आएको छ ।

सन् १८७४ अक्टुबर ९ तारिखमा विश्व हुलाक संघ स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष हुलाक दिवस मनाउने गरिएको छ । नेपालले भने सन् १९७६ मा विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top