२०८०, २४ मंसिर आईतवार
social securities awareness bidur municipality

जीवन विज्ञान नुवाकोटमा घिमिरे

डबली खबर     आश्विन २० २०८० १४:३६

jiwan vigyan nuwakot
pratik book and stationery center in nuwakot

विदुर – जीवन विज्ञान योग प्रयोगशाला नुवाकोट शाखाको अध्यक्षमा कल्पना घिमिरे चयन भएकी छिन् ।

शनिबार विदुरमा भएको भेलाले घिमिरेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।

प्रयोगशाला समितिको उपाध्यक्षमा कमला नेपाल, सचिवमा दुर्गा पाण्डे, सहसचिवमा शान्ति घिमिरे र कोषाध्यक्षमा अञ्जु पाण्डे चयन भएका छन् ।

यस्तै, समितिको सदस्यमा रोजिना पाण्डे, पार्वती श्रेष्ठ, रुबिना गोदार, विन्ददेवी भट्टराई, जमुना प्याकुरेल, मेनुका प्याकुरेल, इश्वरी ढुंगाना र गंगा खड्का रहेका छन् ।

विदुर नगरपालिका वडा नं. २ विदुर हुलाकमार्गमा स्थापना गरिएको प्रयोगशालाको उद्घाटन समारोहमा बोल्दै विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले योग र ध्यानलाई सबैले तन, मन र वचनका साथ गर्न गर्न सके स्वस्थ्य जीवन जिउन सक्ने बताए । नगरप्रमुख श्रेष्ठ प्रयोगशाला समितिको संस्थापक सल्लाहकार समेत रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष घिमिरेले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताईन् ।

प्रयोगशालाको प्रशिक्षकमा विन्दिया बमरेल रहेकी छिन् ।

विदुर नगरपालिकाका २ नम्बर वडा अध्यक्ष दिपक कायस्थ, कल्याणकारी विद्या मन्दिरका प्रधानाध्यापक सुकुमान डंगोल, कराँते प्रशिक्षक उत्तम राईलगायतको उपस्थिति रहेको समारोहमा स्वजागरण अभियान तथा ध्यान विज्ञान कार्यशाला समेत सञ्चालन गरेको छ ।

गृह मन्त्रालयले आफ्ना मातहतका निकायमा योगाभ्यास तथा ध्यान अनिवार्य गराउन निर्देशन समेत दिएको थियो । प्रयोगशालाले उक्त निर्देशनको कार्यान्वयनमा सहजीकरण गर्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top