sujim advert

विदुरका नगरप्रमुखद्वारा विद्यार्थीलाई पोशाक सहयोग

डबली खबर     अशोज १९, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

mayor rajan shrestha distirbute dress in nuwakot bidur
bidur tax consultancy services in nuwakot

नुवाकोट – विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले आफ्नो तलब भत्ताबाट विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् ।

शुक्रबार नगरप्रमुख श्रेष्ठले आफुले पाउने भत्ता र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजमान श्रेष्ठले व्यक्तिगत खर्चमा विदुर नगरपालिका-२ स्थित सामुदायिक विद्यालय भीमसेन माध्यमिक विद्यालयका पूर्व प्राथमिक देखि कक्षा १० सम्मका २८० जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले आफुलाई राज्यले दिने सेवा सुविधालाई नगरबासीको सहयोगमा खर्चेको बताए । आफुले प्राप्त गरेको सेवा सुविधाको रकम जनताकै करको रकम भएकाले जनतालाई नै आगामी दिनमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

विदुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दिपक कायस्थ र नुवाकोट उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शरण उत्सुक सापकोटाको उपस्थितिमा नगरप्रमुख श्रेष्ठ र सुरजमानद्वयले विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

वितरण गरिएको सामग्री नगद तीन लाख बराबरको रहेको समाजसेवी सुरजमान श्रेष्ठले जानकारी दिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा चिसोबाट जोगिन सहयोग पुगोस् भन्ने उद्देश्यले पनि सहयोग स्वरूप उक्त पोशाक सहयोग गरिएको सुरजमानले बताए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top