sujim bazar advert

धादिङमा टिडीएस तथा इटिडीएस सम्बन्धि तालिम

डबली खबर     अशोज १३, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

tds and etds training in dhading
Big Education Consultancy Nuwakot
global ime bank flash loan

धादिङ – करदाता सेवा कार्यालय गल्छीले जिल्लामा रहेको संघ, प्रदेश र स्थानिय तहका सम्पूर्ण सरकारी कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुखहरुलाई स्रोतमा करकट्टी (टिडीएस तथा इटिडीएस) सम्बन्धि तालिम दिएको छ ।

शुक्रबार कोष तथा लेखा निकाय कार्यालय (कोलेनिका) धादिङमा भएको कार्यक्रममा कोलेनिकाका प्रमुखले रेशमकुमार खत्रीले तालिमपश्चात कर संकलनमा वृद्धि हुने र वित्तीय सुशासन कायम गर्न करदाता सेवा कार्यालयबीच सहकार्य हुने बताए ।

करदाता सेवा कार्यालय गल्छीका कर अधिकृत शिखा वाग्लेले अग्रिम कर प्रविष्टमा हुन सक्ने त्रुटी न्युनिकरण तथा कर कानुनको पालना, कर्मचारीमा कर सम्बन्धि सचेतनामा हरेक सरकारी निकाय र सोका आर्थिक शाखाको भूमिका सहयोगी हुने हुदाँ तालिमले आगामी दिनमा अपेक्षित कर संकलन र कर छलि नियन्त्रणमा सहयोगी हुने अपेक्षा लिएको बताएकी थिइन ।

जिल्लास्थित सरकारी कार्यालयका ३५ जना आर्थिक शाखा प्रमुख सहभागी रहेको तालिममा हरिकुमार श्रेष्ठले करको कानुनी व्यवस्था र टिडीएस तथा इटिडीएस प्रक्रियाबारे प्रस्तुतिकरण गरेका थिए ।

तालिममा सहभागी प्रशिक्षार्थीले कर सम्बन्धि र टिडीएस तथा इटिडीएस सम्बन्धि जिज्ञासा तथा समस्या राखेका थिए ।

bidur tax consultancy services in nuwakot

maan bina ko dhaan Nepali Movie

ताजा अपडेट

प्रतिक्रिया

Top