sujim bazar advert

खल्तीको दशैं योजना, वर्ल्डलिङ्कका ग्राहक २४ जोडीले दुबई घुम्न पाउने

डबली खबर     अशोज १२, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

khati worllink dashain offer 2023
Big Education Consultancy Nuwakot
global ime bank flash loan

काठमाडौं – डिजिटल वालेट खल्तीले इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ‘दशैं क्याम्पियन’ ल्याएकाे छ । यसअन्तर्गत वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ काे योजना दिइएकाे छ ।

यो योजनामा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने खल्तीका प्रबन्ध निर्देशक विनय खड्काले जानकारी दिए । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।

विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहक अफरमा सहभागी हुन पाउनेछन् ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भौचर पाउनेछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले तीनै भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्नेछ ।

खल्ती डिजिटल वालेटले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै यस्तो क्याम्पियन गरेकोमा आफू हर्षित भएको वर्ल्डलिङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top