sujim advert

आक्रमणविरुद्ध आन्दोलनमा नुवाकोटका चिकित्सक र स्वास्थ्यकर्मीको एक्यबद्धता

डबली खबर     अशोज १०, २०८०

advertisement placement
ananda Jewellery shop
sizen education new intake 2025

doctors trishuli hospital
bidur tax consultancy services in nuwakot

विदुर – पछिल्लो समय स्वास्थ्यकर्मीमाथि बढ्दै गरेको भौतिक आक्रमणको विरोधमा नुवाकोटमा पनि चिकित्सक र स्वास्थ्यकर्मीको एक्यबद्धता जनाएका छन् ।

विरोधस्वरूप त्रिशूली अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा कालोपट्टी बाँधी आकस्मिक सेवाबाहेक अन्य सेवा अवरुद्ध गरेका थिए ।

आजनै त्रिशुली अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको समूहले उपचारको क्रममा भौतिक आक्रमण गर्ने माथि कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पत्रमा भनिएको छ “स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्याएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले हामी स्तब्ध भएका छौ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित रुपमा गरिएका सांघातिक आक्रमणप्रति हामी घोर भत्सर्ना र निन्दा गर्दछौं ।”

घटनाको सम्बोधन नभए आगामी दिनमा अझै सशक्त रुपमा विरोधका कार्यक्रम अगाडी बढाउने डाक्टर अमन न्यौपानेले बताए ।

उपचारका क्रममा बिरामीको मृत्युपछि सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि आक्रमण भएकोमा डाक्टरहरू आन्दोलित बनेका हुन् ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top