World Tuberculosis Day 2025
sujim advert

क्यान साधारणसभा सम्पन्न, नुवाकोटलाई डिजिटल बनाईने

डबली खबर     भदौ २८, २०८०

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

विदुर – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ नुवाकोट शाखाको चौथो वार्षिक साधारणसभा तथा आईटी सम्मेलन बिहिबार बट्टारमा सम्पन्न भएको छ । क्यानले स्थापनाकालदेखि निरन्तर रुपमा आफ्नो कार्यलाई अघि बढाउँदै सर्वसाधारणसम्म सूचनाको पहुँच र प्रविधिको जानकारी गराउने कार्यको साथै सामाजिक कार्य गर्दैं आइरहेको छ । 

साधारणसभा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यता तथा जिल्ला अध्यक्ष पवन नेपालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा क्यानको संस्थागत गतिविधि तथा प्रगतिमाथि छलफल हुनुका साथै प्राविधिक कक्षा समेत सञ्चालन गरिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले विदुर नगरपालिकाले प्रवाह गर्ने सेवा प्रविधिमैत्री बनाउन क्यान नुवाकोटसँग सहकार्य र समन्वय गरिने प्रतिबद्धता व्यत्त गरे । 

कार्यक्रममा क्यान महासंघ केन्द्रीय सदस्य भानुभक्त शर्माले सूचना प्रविधिको विकासको लागि क्यान नेपालले माईक्रोसफ्टको समन्वयमा शैक्षिक तथा सरकारी क्षेत्रको लागि निःशुल्क रुपमा माईक्रोसफ्ट ३६५ प्रदान गरिरहेको बताए । वर्तमान परिपेक्ष्यमा सामाजिक सञ्जालको उपयोगिताभन्दा दुरुपयोग भईरहेकोले प्रविधिको उचित प्रयोग गरेर आयआर्जनमा लाग्नुपर्ने सल्लाह दिए ।

कार्यक्रममा क्यान महासंघ नुवाकोटका अध्यक्ष पवन नेपालले वार्षिक प्रतिवेदन र भावी योजना प्रस्तुत गर्दै जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर डिजिटल अवधारणा ल्याउन तथा सूचना तथा सञ्चार प्रविधिको विकासमा क्यानको महत्वूर्ण भूमिकालाई अझ सक्रिय बनाउने बताए  । 

क्यान नेपाल बागमती प्रदेशका उपाध्यक्ष सन्तोषजनक भुसालको सहभागिता रहेको कार्यक्रममा क्यान नुवाकोटका सचिव नारायणकुमार घलेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्लाका विभिन्न स्थानीय तहका कम्प्युटर अपरेटर, पत्रकार, प्याब्सनका पदाधिकारी, शिक्षक, विद्यार्थी, व्यवसायीलगायतको सहभागिता रहेको कार्यक्रममा माईक्रोसफ्ट कम्पनीको ३६५ सफ्टवेयरको उपयोगिता र प्रयोगबारे सचिनजंग कार्कीले प्रस्तुति दिएका थिए ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top