+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

टेलिकमको फाइबर सेवा करिब १५ घण्टापछि सुचारु

टेलिकमको फाइबर सेवा करिब १५ घण्टापछि सुचारु
डबली खबर
२ साल अगाडी

विदुर – नुवाकोटमा नेपाल टेलिकमको फाइबर सेवा करिब १५ घण्टापछि सुचारु भएको छ । हिजो राती ८:३० बजेदेखि अवरुद्ध भएको सेवा ११ बजेदेखी सुचारु भएको हो ।

आइतबार लगातार परेको वर्षाको कारण विदुर नगरपालिका-१२ गौरीबेंशीस्थित कफीघारी नजिक पहिरोले फाइबरको मुख्य तारमा क्षति पुर्याएको थियो ।

एकैस्थानमा विद्युतको प्रसारण लाईन र फाइबरमा क्षति भएकोले मर्मत कार्यमा नेपाल विद्युत प्राधिकरणले ढिलाई गर्दा सेवा सुचारु गर्नमा ढिलाई भएको नुवाकोट टेलिकमले जनाएको छ ।

सेवा अवरुद्ध हुदाँ नेपाल टेलिकमको फाईबर नेटबाटै फोन, इन्टरनेट र टेलिभिजन तीनै सुविधा लिईरहेका सेवाग्राहीहरु सेवाग्राही मर्कामा परेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ