विदुर – पूर्वमन्त्री एवं नुवाकोटका पञ्चायतकालीन नेता जीतसिंह खड्काको स्मृतिमा लेखिएको पुस्तक ‘सम्झनामा जीतसिंह खड्का’ शनिबार काठमाडौंमा सार्वजनिक भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष एवं सांसद पशुपतिशमशेर राणाले शनिबार उक्त पुस्तक विमोचन गरेका हुन् ।
पुस्तक विमोचन गर्दै सांसद राणाले स्व. खड्का निष्ठावान नेता भएको बताएका थिए ।
कार्यक्रममा सांसद हीतबहादुर तामाङ, बद्रि मैनाली, रमेशकुमार महत, नेता श्यामकुमार केसीलगायतले स्व. खड्काको चर्चा गरेका थिए ।

स्व. खड्कामाथि लेखिएको उक्त पुस्तकमा राष्ट्रकवि माधव घिमिरे, राजेश्वर देवकोटा, मोहनविक्रमसिंह, स्व. पोष्टबहादुर बोगटी, अर्जुननरसिंह केसी, स्व. गणेश पण्डितलगायत ५७ जनाले उनको व्यक्तित्वमाथि चर्चा गरेको छन् ।
प्रतिक्रिया