२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

युवा दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

डबली खबर     श्रावण २६ २०८० १९:१२

district youth committee nuwakot donate education material
pratik book and stationery center in nuwakot

विदुर – २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नुवाकोटमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

शुक्रबार जिल्ला युवा समिति नुवाकाेटले शुक्रबार विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयका विद्याथीलाई समितिका अध्यक्ष उद्धव पनेरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगाेलकाे उपस्थितिमा विद्यालयका प्रधानाध्यापक बाशुदेव पनेरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बाल शिक्षाका विद्यार्थिहरुलाई सहजताका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष पनेरुले बताए ।

कार्यक्रमहरुले विद्यार्थीलाई पढाईमा थप उर्जा प्रदान हुने तथा बाबालिकाहरुलाई जिम्मेवारी बोध हुने चन्द्रज्योति माविका प्राध्यानाधापक पनेरुको भनाई रहेको छ ।

शैक्षिक सामाग्रीमा कापि, कलम, ईलेजरलगायतका सामाग्री रहेका छन् ।

हरेक अगष्ट १२ मा मनाउँदै आईरहेको अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “दिगो विश्वका लागि युवाहरुमा हरियाली सीप” भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top