sujim bazar advert

युवा दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

डबली खबर     साउन २६, २०८०

Sizen Education Consultancy Pvt. Ltd.

district youth committee nuwakot donate education material
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर – २४औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नुवाकोटमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।

शुक्रबार जिल्ला युवा समिति नुवाकाेटले शुक्रबार विदुर नगरपालिका वडा नम्बर ५ पिपलटारस्थित चन्द्रज्योति माध्यमिक विद्यालयका विद्याथीलाई समितिका अध्यक्ष उद्धव पनेरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज डंगाेलकाे उपस्थितिमा विद्यालयका प्रधानाध्यापक बाशुदेव पनेरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बाल शिक्षाका विद्यार्थिहरुलाई सहजताका लागि उक्त सामाग्री हस्तान्तरण गरिएको समितिका अध्यक्ष पनेरुले बताए ।

कार्यक्रमहरुले विद्यार्थीलाई पढाईमा थप उर्जा प्रदान हुने तथा बाबालिकाहरुलाई जिम्मेवारी बोध हुने चन्द्रज्योति माविका प्राध्यानाधापक पनेरुको भनाई रहेको छ ।

शैक्षिक सामाग्रीमा कापि, कलम, ईलेजरलगायतका सामाग्री रहेका छन् ।

हरेक अगष्ट १२ मा मनाउँदै आईरहेको अन्तर्राष्ट्रिय युवा दिवस यस वर्ष “दिगो विश्वका लागि युवाहरुमा हरियाली सीप” भन्ने मूल नाराका साथ सप्ताहव्यापी रुपमा मनाउने भएको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top