२०८१, २३ बैशाख आईतवार

डेङ्गी सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न नगरप्रमुख श्रेष्ठको आग्रह

डबली खबर     श्रावण १४ २०८० २०:३९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले डेङ्गी रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्न अपिल गरेको छ ।

नगरपालिकाले आइतबार सरोकारवाला निकायको समन्वय बैठकमा नगर प्रमुखले सङ्क्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै जम्ने पानी लामखुट्टेको संख्या वृद्धि हुने ठाउँ भएकोले यस्ता ठाउँमा पानी जम्न नदिन, एउटै भाँडामा पानी थापेर धेरै समय राखी नरहन आग्रह गरेको छ ।

महामारी रोग नियन्त्रणका लागि नगरपालिकाको एक्लो प्रयासले मात्र रोकथाम हुन नसक्ने भएकाले रोग लाग्नै नदिनतर्फ प्रयत्न गर्न, महामारी रोगप्रति सचेत रहन नगरपालिकाले सञ्चालन गरेका कार्यक्रममा सहयोग गर्न नगरप्रमुख श्रेष्ठको अपिल छ ।

नगरवासीलाई डेङ्गी रोग लाग्नबाट बचाउन नगरपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरिरहेको छ । यस क्रममा नगर कार्यपालिकाको कार्यलय, १३ वटै वडा कार्यलय र स्वास्थ्य केन्द्रमा सरसफाई गरि सकेको छ । हरेक शुक्रबार १० मिनेट कार्यलय परिसर सरसफाई अभियान चलाइएको छ ।

चालूआर्थिक वर्ष नुवाकोट जिल्लामा ८५ जना डेंगीका बिरामी रहेका छन् । यी मध्ये ४५ जना बिरामी विदुर नगरपालिकाका रहेको नगरका स्वास्थ्य प्रमुख पूर्णध्वज श्रेष्ठले दिए ।

नगरले यहि १६ गतेदेखि नमुनाको रुपमा डेंगीका लाभा नष्ट गर्नका लागि विषादी छर्कने अभियानसमेत सञ्चालन गरिने भएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top