नुवाकोट – जन्मदिनको अवसरमा तारकेश्वरका सुदिप घिमिरेले न त ठूला पाटी नै गरे न त अन्य तडकभडकका कार्यक्रमहरुहरु नै । सामाजिक सेवामा पनि उत्तिकै लाग्ने उनले आफ्नो जन्मदिन ज्येष्ठ नागरिकहरुसँग मनाउने निधो गरे अनुसार शनिबार विदुर नगरपालिका क्षेत्रका ५३ जेष्ठ नागरिकहरुलाई लौरो सहयोग गरेका छन् ।
‘ज्येष्ठ नागरिकहरुका लागि नजिकको सारथी लौरो नै हो, उनीहरुको टेको हो ।’, घिमिरेले भने ‘ओल्लोपल्लो घर जान-आउन होस् या तिर्थजात्रा जान वा पिढीबाट ओछ्यानमै पुग्न पनि लौरो ज्योष्ठ नागरिकको साहरा हो ।’
समाजमा सकारात्मक सन्देश दिनका लागि पनि यस किसिमको कार्यक्रम गरी ज्येष्ठ नागरिक सामु आफ्नो जन्मदिन मनाएको उनले बताए ।
उनले ज्येष्ठ नागरिकहरुलाई लौरो मात्र बाँडेनन् । सामुहिक रुपमा ‘केक काटेर’ बुढापाकालाई चखाए ।
हेर्दा सामान्य लागे पनि ज्येष्ठ नागरिकलाई उपहार दिएको लौरोको ठूलो महत्व रहेको नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
विदुर नगरपालिका वडा नम्बर २ बट्टारमा रहेको सुलभ फार्मेसीको समन्वयमा उनले जेष्ठ नागरिकहरुलाई लौरो वितरण गरेका हुन् ।

प्रतिक्रिया