+
Search

ताजा अपडेट +

पपुलर +

मृत्युपश्चात् काजक्रियामा प्रयोग गर्ने सामाग्री सहयोग

kaajkriya items likhu rural municipality
डबली खबर
२ साल अगाडी

नुवाकोट – परोपकारको नयाँ स्वरूपसहित मृत्युपश्चात काजक्रियामा आवश्यक सामाग्री सहयोग गरिएको छ ।

शनिबार एक कार्यक्रमका बीचमा ७६ वर्षिया ईश्वरदास सिलवालले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको उपस्थितिमा लिखु गाउँपालिका वडा नं ४ स्थित बाहुन चौतारामा राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष एकबहादुर खत्री क्षेत्रीलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग गरिएको सामाग्रीमा किरिया पुत्रीलाई चाहिने झारी २ थान, शङख-२ थान, ग्यास चुलो सेट-२ थान, राडी २ थान, मण्डी-२ थान लगायतका सामाग्री रहेको छ ।

आफुले सामाजिक वृद्धभत्ता र सन्तानले दिएको केहि रकम जोगाएर उक्त सामाग्री सहयोग गरिएको सिलवालले बताए ।

सिलवाल साविक मदानपुर गाविस हाल काठमाण्डौ निवासी हुन् । यसघि सिलवालले गुरुकुल, विद्यालयहरुमा पोशाक तथा शैक्षिक सामाग्री र खाद्यान्न वितरण गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ