+
Search

ताजा अपडेट +

पपुलर +

पिपलटार फुटसलको उपाधी पिपलटार र अर्किडलाई

pipaltar futsal cup 2079 winner teams
डबली खबर
३ साल अगाडी

नुवाकोट – पिपलटार फुटबल क्लबको आयोजनामा भएको फुटसल प्रतियोगितामा पिपलटार युनाईटेड फुटबल क्लब र अर्किड एकेडेमीले भिन्नाभिन्नै विधामा उपाधी हासिल गरेको छ ।

नयाँ वर्ष २०८० को अवसरमा आज बिहिबार खेलाईएको प्रतियोगिताको यु-१९ तर्फ फाइलनमा पिपलटार युनाईटेडले तप्त युवा क्लबलाई ट्राइब्रेकरमा २-० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । निर्धारित समयमा दुवैतर्फबाट समान २-२ गोल भएपछि खेल ट्राइब्रेकरमा खेलाईएको हो ।

यस्तै, महिलातर्फ अर्किड एकेडेमीले पिपलटार फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै उपाधि हात पारेको छ ।

विजेता र उपविजेतालाई विदुर नगरपालिकाका वडा नम्बर ४ र ५ का वडा अध्यक्षद्वय लिलानाथ न्यौपाने, निलमबाबु ढुंगेल र पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धव पनेरुले संयुक्तरुपमा नगद पुरस्कार, प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे ।

यु-१६ विधातर्फका विजेता र उपविजेताले क्रमशः नगद १० हजार र पाँच हजार प्राप्त गरे । महिलातर्फ विजेता र उपविजेताले पाँच हजार र तीन हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा यु-१६ मा जिल्लाका १० समुह र महिलातर्फ चार समुहले सहभागिता जनाएकोमा पूर्णमान चित्रकार र भुवन डंगोल निर्णायकको भूमिका खेलेका थिए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ