२०८१, २ जेष्ठ बुधबार

भूमि अधिकार मञ्चमा पुन:नेपाल, किसानकै नाममा जग्गा दर्ता गर्न माग

डबली खबर     फाल्गुन १९ २०७९ १६:४७

binda nepal National Land Rights Forum nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – जिल्ला भूमि अधिकार मञ्चको अध्यक्षमा पुन: विन्दा नेपाल निर्विरोध निर्वाचित भएकी छिन् । शुक्रबार विदुरमा भएको मञ्चको तेस्रो जिल्ला सम्मेलनले नेपालको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ ।

मञ्चको उपाध्यक्ष बिलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, कोषाध्यक्षमा पविना भट्ट र सहसचिवमा रणबहादुर तामाङ चयन भएका छन् । सदस्यहरुमा पम्फा विक, सविना नेपाली, जानुका कुमाल, जसमान तामाङ, रञ्जु लामिछाने, शिवकुमार लामा, नरबहादुर तामाङ र कुलबहादुर श्रेष्ठ चयन भएका छन् ।

भेलापछि जिल्लामा रहेको बिर्ता, गुठी, भूमिहीन एवम् सुकुम्बासी र साना किसानका समस्या समाधानको लागि चार बुँदे मागसहित विभिन्न प्रतिबद्धता र घोषणा पत्र जारी गरेको छ ।

घोषणापत्रमा बिर्ता, गुठी, भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्नको लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय र सहकारी गर्ने उल्लेख छ । मञ्चअन्तर्गत रहेका पालिका, वडा र समुदायस्तरको संगठनलाई अझ सशक्त र सक्रिय बनाएर अघि बढ्ने छ । स्थानीयस्तरमै भूमिसम्बन्धि समस्या भएका समुदायमा नयाँ संगठन गठन गरी अभियानमा समेट्दै अघि बढ्ने जनाएको छ । स्वायत्त जनसंगठनको मर्मअनुसार सक्रिय अगुवा तयार गरी अभियानलाई नियमित र सक्रिय बनाउदै लगिने उल्लेख छ ।

जिल्लामा एकहजार बढी परिवारले जोतभोग गरिरहेको दुई हजारभन्दा बढी रोपनी जमिन बिर्ता समस्यामा परेका वास्तविक किसानकै नाममा जग्गा दर्ता गर्न र गुठी समस्याले पिडित किसानहरुको समस्या समाधान गरी जमिनका वास्तविक किसानकै नाममा लालपुर्जा दिन मञ्चले माग गरेको छ ।

यसैगरी, सबै स्थानीय तहहरुमा भूउपयोग योजना तर्जुमा प्रक्रिया अघि बढाई दीर्घकालीन उपयोग र समुचित व्यवस्थापन गर्न ध्यानाकर्षण गरेको छ । संयुक्त लालपुर्जा निर्माण अभियानले महिला किसानको भूस्वामित्व कायमको कार्यन्वयनको लागि सरकारसँग अनुरोध गरेको छ ।

मञ्चको प्रतिवेदनअनुसार जिल्लामा २२ गाउँ मञ्चमा ४६६ भूमि अधिकारबाट बञ्चित परिवार, १५७ जोडी परिवारको संयुक्त लालपुर्जा प्राप्ति, २१८ परिवार विस्थापितको जग्गा खरिद कार्य, १५८ भूमिहीन परिवारको लागि अनुदानबाट जग्गा खरिद र आवास पुनर्निर्माण कार्यमा सहयोग एवं सहजीकरण गरिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top