२०८१, १३ बैशाख बिहीबार

नुवाकोट जेसीजमा भण्डारी

डबली खबर     माघ १६ २०७९ २१:२९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट जेसीज वर्ष २०२३ काे लागि सुमन भण्डारी सर्वसम्मतले अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

सोमबार दम्कीमा भएको जेसीसको नवौं वार्षिक साधारणसभा तथा अधिवेशनबाट भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । भण्डारीले वर्ष सन् २०२२ को महासचिवको भूमिकामा रहेका थिए ।

अधिवेशनले नयाँ कार्यसमितिको कार्यकारी उपाध्यक्षहरूमा किशोर अर्याल र हेमन्त रिमाल, महासचिवमा विनोद लामिछाने निर्विरोध चयन भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा जीवन तामाङ, नारायण प्याकुरेल, सनिष अधिकारी र राजेन्द्र पनेरु चयन भएका छन् ।

कानुनी सल्लाहकारमा अर्जुनराज पाठक चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले सामाजिक विकासमा नुवाकोट जेसीजले महत्वपुर्ण भूमिका खेल्ने बताए । जेसीजलाई जिल्लाकै १२ वटै स्थानीय तहमा विस्तार एवम् कार्यक्रम गर्ने उनले बताए ।

निर्वाचितहरुको कार्यकाल एकवर्षको मात्र हुनेछ । जेसीज १८ देखि ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था हो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top