२०८१, २४ बैशाख सोमबार

सारथी सहकारीको अध्यक्षमा पुन: गोकर्ण रोक्का

डबली खबर     पुष १६ २०७९ ०९:१२

saarathi saving and credit cooperative nuwakot trishuli elected new bod members
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – सारथी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुन: गोकर्ण रोक्का निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संस्थाको तेस्रो अधिवेशनले यसअघिकै नेतृत्वलाई निरन्तता दिदैं आगमी चार वर्षको लागि नयाँ सञ्चालक समिति एवं लेखासमिति समेत निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित उपाध्यक्षमा शान्ति गुरुङ, सचिवमा बासु देव खड्का र कोषाध्यक्षमा राजकुमार नगरकोटी रहेका छन् । सदस्यहरुमा सावित्री भट्ट बोगटी, मनिष श्रेष्ठ, सविन श्रेष्ठ, अम्बिका उप्रेती र अरुणिमा श्रेष्ठ रहेका छन् । यस्तै, लेखा सुपरिवेक्षण समितिको संयोजकमा रविन्द्र नेपाली र सदस्यहरुमा जल बहादुर तामाङ र विकास रोक्का चयन भएका छन् ।

सहकारीको दशौँ साधारणसभामा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठको प्रमुख आथित्य रहेको कार्यक्रममा ज्ञानकुञ्ज विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोकर्ण रोक्काले वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गरेका थिए । यस्तै, कोषाध्यक्ष राजकुमार नगरकोटी र रविन्द्र नेपालीले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीको आव २०७८/०७९ मा १ करोड ५० लाख ४३ हजार ६ सय शेयरपूँजी, १२ करोड ४० लाख १३ हजार ७ सय ६२ बचत संकलन र १२ करोड ९० लाख १६ हजार ६ सय ८० कर्जा लगानी रहेको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top