२०८०, ६ चैत्र मंगलवार

नुवाकोटमा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

डबली खबर     मंसिर १७ २०७९ १७:३३

international disability day nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोटमा पनि आज अपाङ्गता भएका व्यक्तिहरुको ३१औं अन्तर्राष्ट्रिय अपाङ्गता  दिवस मनाईएको छ । अपाङ्ग मानव अधिकार मञ्च र विदुर नगरपालिकाको आयोजनामा उक्त दिवसको अवसरमा एक दिने अभिमुखीकरण कार्यक्रम गरी मनाईएको हो ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइरहेको छ । यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ आज देशाभर विभिन्न कार्यक्रम आयोजना गरी मनाईएको हो ।

विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सुनिश्चित गर्न स्थानीय सरकार कटिबद्ध रहेको बताए । अपाङ्गता परिचयपत्र प्राप्त गर्न अझै पनि अन्यौलता रहे नगरपालिकामा सम्पर्क राखी राज्यबाट प्रदान गर्दै आईरहेको सुविधा लिन अनुरोध गरे ।

अभिमुखीकरण कार्यक्रममा विदुर नगरपालिका महिला तथा बालबालिका विकासकी शाखा प्रमुख सुस्मिता पोखरेलले अपाङ्गताको परिचय, अपाङ्गता परिचयपत्र लगायतका विषयमा प्रस्तुति दिएकी थिईन् ।

कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका नागरिकलाई सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको भएतापनि व्यवहारमा नभएको बताए । सार्वजनिक यातायातमा सहुलियत भाडादर कायम भएतापनि जिल्लाबाहिर जाने र नगरभित्र सञ्चालित सवारीसाधनहरुमा आफुहरुलाई अवहेलित हुने गरेको गुनासो व्यक्त गरे ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top