२०८१, ११ बैशाख मंगलवार

आमाछोरीका हत्यारा पक्राउ

डबली खबर     कार्तिक २९ २०७९ १२:२७

crime nepal dabali khabar
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । अभियुक्त घरेलु हतियारसहित उक्त घरतर्फ गएको, घटनास्थलमा उनले बोकेको घरेलु हतियार र उनको चप्पल भेटिएको जनाएको छ ।

घटनालगत्तै उनी फरार रहेको पाएपछि प्रहरीले काठामाडौँतर्फ जाने नाका क्षेत्रमा विशेष निगरानी बढाएको थियो । फरार अभियुक्तलाई घटनास्थल नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीस वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो ।

तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याईएको छ । तामाङ सन्काह प्रवृत्तिको भएको र हिजो बिहानैदेखि नाङ्गो खुकुरी देखाउँदै गाउँ घुमिरहेको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top