२०८१, ११ बैशाख मंगलवार

इ-सिम वितरणमा उत्साह: डेढ महिनामा ८ हजार वितरण

डबली खबर     कार्तिक १७ २०७९ १०:४१

esim ntc nepal telecom
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल टेलिकमले डेढ महिनाको अवधिमै करिव ८ हजार भर्चुअल सिम अर्थात इ–सिम वितरण गरेको छ । टेलिकमले असोज ४ गतेदेखि काठमाडौंको सुन्धारा कार्यालयबाट इ सिम वितरण थालेको थियो । ग्राहकलाई निशुल्क वितरण गरिरहेको टेलिकमले हालसम्म करिव ७ हजार ९ सय इ–सिम वितरण गरिसकेको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

टेलिकमले हाल काठमाडौं उपत्यकाका सबैजसो ग्राहक सेवा केन्द्रहरुबाट इ–सिम वितरण गरिरहेको छ । पछिल्लो समय बजारमा आएका धेरै मोबाइल सेटमध्ये केही सेटहरुले मात्र इ–सिम सपोर्ट गर्छन । यस्ता फोनहरुका लागि भन्दै नेपाल टेलिकमले इ–सिम वितरण थालेको थियो ।

नेपाली बजारमा पछिल्लो पटकमात्रै न्यून मात्रामा इ–सिम सपोर्ट गर्ने मोबाइल भित्रिएको अनुमान गरिएपनि यसको मागले भने अर्कै संकेत गरेको छ । अर्थात हालसम्म एप्पलले आइफोन १४ सिरिजको फोन ल्याएपछि नेपालमा इ–सिम आवश्यक पर्ने बताइएको थियो । सरकारी प्रतिवन्धका कारण हाल नेपालमा ३३ हजार माथिका मोबाइल सेट आयात गर्न नपाइने अवस्था छ । जसका कारण नेपालमा आइफोन १४ सिरिजका फोनहरु बजारमा आइपुगेका छैनन् ।

अमेरिकामा विक्री भइरहेका आइफोन १४ मा भने भौतिक सिम राख्न मिल्ने पोर्टसमेत नरहेको बुझिएको छ । हाल नेपालमा सामसंग, मोटोरोलालगायतका मोबाइल फोनमा इ–सिम सपोर्ट गर्ने सिस्टम छ । यिनै मोबाइलहरुलाई मध्यनजर गर्दै नेपाल टेलिकमले अब चाँडै नेपालभरका ग्राहक सेवाकेन्द्रहरुबाट इ–सिम वितरण गर्ने तयारी गरेको टेलिकमका प्रवक्ता अधिकारीले बिजखबरलाई जानकारी दिए ।

हालसम्म नेपालमा संचालित फोनहरुमा भौतिक सिमकार्ड प्रयोग हुँदै आएको थियो । दूरसंचार सेवाप्रदायकले सेवाग्राहीलाई आवश्यक फारम भर्न लगाएर भौतिक सिमकार्ड दिने र प्रयोगकर्ताले त्यसलाई आफ्नो मोबाइललगायतका डिभाइसमा प्रयोग गर्दै आएका छन् । नेपाल टेलिकमले भदौ ४ देखि पहिलोपटक वितरण सुरु गरेको इसिम भने भर्चुअल सिमकार्ड हो । यसको काम भौतिक सिमकार्डले गर्नेजस्तै भएपनि यसलाई हेर्न र छुन भने मिल्दैन । त्यसैले यसलाई भर्चुअल वा डिजिटल सिम पनि भनिन्छ ।

यसको सपोर्ट गर्ने मोबाईल फोनमा वा डिभाइसमा पहिले नै भौतिक सिमकार्ड राख्न नपर्नेगरी सिम इम्बेड गरिएको हुन्छ । सोही फोन वा डिभाइसमा नेपाल टेलिकमले वा अन्य दूरसंचार सेवाप्रदायकले दिएको सिमको विशेष नम्बर डिभाईसमा राखेर नेटवर्कमा कनेक्ट गराउन सकिन्छ ।

पछिल्लो समय मोबाइल निर्माताहरुले इसिम उपलब्ध हुने देशहरुका लागि भौतिक सिम लाग्ने पोर्टसमेत राख्न छोडिसकेका छन् । सोही कुरालाई मध्येनजर गर्दै नेपाल टेलिकले गत आर्थिक बर्षको बार्षिक कार्यक्रममो इ सिम प्ल्याटफर्म राख्ने घोषणा गरेको थियो । विश्वभर हाल हुवावे, गुगल पिक्सेल, अनर, सोनी, भिभो, सामसंग, एप्पल, ओप्पो, राकुटेन, साओमीलगायतका कम्पनीहरुले इ–सिम सपोर्टेड डिभाइस निर्माण गरेका छन् ।

नेपाल टेलिकले गत चैतमै नेपालमा इ–सिम प्ल्याटफर्म उपलब्ध गराउनगरी मोन्टी युके ग्लोबलसँग सम्झौता गरेको थियो । सम्झौतामा गत असारमै नेपालमा इसिम उपलब्ध गराउने उल्लेख थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top