२०७९, २१ मंसिर बुधबार

दुईपाइलाद्वारा छात्रवृत्ति प्रदान

डबली खबर     आश्विन ११ २०७९ ०६:११

texas America duipaila scholarship
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

त्रिशुली – दुईपाइला नामक संस्थाबाट प्राप्त छात्रवृत्ति त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत दुई जेहेन्दार विद्यार्थीलाई प्रदान गरिएको छ ।

अमेरिकाको टेक्सासमा अध्ययनरत तीन छात्राद्वारा सञ्चालित उक्त संस्थाबाट प्राप्त छात्रवृत्ति आईतबार एक कार्यक्रमकाबीच विद्यालयका सह-प्रधानाध्यापक राजेन्द्र दवाडीले विद्यार्थीका अभिभावकहरुलाई हस्तान्तरण गरेका छन् ।

छात्रवृत्ति प्राप्त गर्नेमा अविरल श्रेष्ठ र मञ्जु लामिछाने रहेका छन् । छात्रवृत्तिमा जनही २०/२० हजार रकम बराबरको चेक रकम प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले जानकारी दिए ।

विदेशमा रहेर पनि आफ्नो जिल्लाको शिक्षा विकासमा टेवा पुर्याउने उद्देश्यले छात्रवृत्ति उपलब्ध गराईएको दुईपाइलाका श्रीया श्रेष्ठ, अतिथी श्रेष्ठ र वर्षा श्रेष्ठले संयुक्तरुपमा डबली खबरलाई जानकारी दिए ।

वार्षिक रुपमा निरन्तर छात्रवृत्ति उपलब्ध गराउंदै लगिने उक्त संस्थाले जनाएको छ ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top