२०८१, १७ बैशाख सोमबार

नुवाकोटमा बालसाहित्य महोत्सव हुदैं

डबली खबर     भाद्र २९ २०७९ १६:३९

pramod pradhan nepal baalsahiyata samaj
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – आगामी असोज ४ र ५ गते बट्टारमा बाल साहित्य महोत्सव हुने भएको छ । बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा बाल साहित्य महोत्सव हुन लागेको हो। महोत्सवलाई रुम टु रिड, नेपाल बाल साहित्य संस्था र रुडेक नेपालले आयोजना गरेको छ ।

बुधबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्था नेपाल बालसाहित्य समाजका उपाध्यक्ष प्रमोद प्रधानले अध्ययनलाई विकासको लागि बालबालिका लक्षित बाल साहित्य महोत्सव आयोजना गर्न लागिएको बताए । बालबालिकामा पठन संस्कृति बढाउने, आलोचनात्मक चिन्तन विकास गर्ने र उनीहरूको सिर्जनशीलता बढाउने उद्देश्यले महोत्सव आयोजना गरिएको उपाध्यक्ष प्रधानले बताए।

महोत्सवमा बालसाहित्य, शिक्षा बालविकासलगायतका विषयमा दुई प्यानल बहस, पुस्तक चर्चा र बालबालिकाहरुका लागि कथा, कविता वाचन, निबन्ध, चित्रकला, अभिनय, भित्तेपात्रो लगायतका सात विधामा विज्ञहरुबाट सिर्जनात्मक कार्यशालाहरु संचालन गरिने रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

बालबालिकाले तयार पारेका विभिन्न सामाग्रीहरूको प्रदर्शनी चर्चित साहित्यकारहरूसँग विद्यार्थीको प्रत्यक्ष भलाकुसारी लगायतका विविध कार्यक्रम रहनेछन् ।

महोत्सवमा एक दर्जनभन्दा बढी पुस्तक विमोचन, पुस्तक प्रदर्शनी, हिडाईपढाई लगायतका विविध कार्यक्रमहरु हुनेछन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top