+
Search

ताजा अपडेट +

पपुलर +

राजनीतिक सुढृढिकरण तथा वैकल्पिक माेर्चा निर्माण अभियान

morcha nuwakot
डबली खबर
३ साल अगाडी

नुवाकोट – राजनीतिक सुढृढिकरण तथा वैकल्पिक माेर्चा निर्माण अभियानकाे संयोजकमा सर्वसम्मत रुपले दामोदर नेपाललाई चयन भएका छन् । प्रारम्भिक भेलाबाट माेर्चाको संयोजकमा नेपाललाई सर्वसम्मत चयन गरिएको हो ।

नव युगिन विचार समुहको आयोजनामा भएको भेलाले जिल्ला विभागीय प्रमुख पनि चयन गरको छ। मोर्चाको युवा विद्यार्थी प्रमुखमा पूर्णमान श्रेष्ठ र अन्तरपार्टि वार्ता संवाद प्रमुखमा शम्भु पनेरुलाई चयन गरेको छ ।

नुवाकोट जिल्लामा क्रियाशील वैकल्पिक पार्टीको माेर्चा निर्माण गरेर आगामी निर्वाचनमा साझा उमेदवार निर्माण गरि स्वतन्त्र, समाजसेवी तथा बैकल्पिक राजनीतिक साेचमार्फत् सत्ता केन्द्रित पुराना दललाई पालाे दिने उदेश्यका साथ माेर्चा अभियान थालिएको संयोजक नेपालले बताए । मोर्चामा आवद्ध हुन न्यायप्रेमी परिवर्तनकारी नुवाकोटबासीलाई नेपालले अपिल गरेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ