२०८१, १५ बैशाख शनिबार

रोम विधान अनुमोदन गर्न इन्सेकको ज्ञापनपत्र

डबली खबर     श्रावण २ २०७९ १५:३३

insec nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले रोम विधान अनुमोदन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएका छन् ।

आईतबार इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका अवसरमा रोम विधान अनुमोदन गर्न ज्ञापनपत्र बुझाएको श्रेष्ठले बताए ।

ज्ञापनपत्रमा रोम विधान पारित गरिएको दिन १७ जुलाईको स्मरणमा संसारभर मनाइने अन्तर्राष्ट्रिय न्याय दिवसले दण्डहीनताको अन्त्य गरी पीडितको न्याय सुनिश्चितताका लागि रोम विधान अनुमोदन गर्न माग गरिएको उल्लेख छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् १९९८ को जुलाई १७ देखि सम्मेलनका लागि खुला गरिएको थियो । यो विधान संसारका १२३ राष्ट्रले अनुमोदन गरिसकेका छन् । मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका सन्दर्भमा नेपाललाई विभिन्न राष्ट्रले तीन पटकको समीक्षामा अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न सुझाव दिइसकेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top