२०८०, १६ चैत्र शुक्रबार

अनलाईनबाटै मतदाता नामावलीमा दर्ता गर्न सकिने

डबली खबर     श्रावण १ २०७९ १५:५८

online election voter registration system
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – निर्वाचन आयोगले अनलाईनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई सरलीकरण गर्न आयोगले अनलाईन प्रणाली सुरु गरेको जनाएको हो ।

अनलाइन फाराम भरिसकेपछि प्राप्त हुने संकेत नम्बरसहितको प्रिन्ट कपि र आवश्यक कागजात लिएर बायोमेट्रिक दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जानुपर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जनाकारी दिए ।

स्वंयम उपस्थित भएर पनि जिल्ला कार्यालयमार्फत मतदाता नामावलीमा नाम संकलन गर्न सकिने छ ।

संघीय र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै सुरु भएको मतदाता संकलन कार्यमा यस अनलाईन व्यवस्थाले नयाँ मतदातालाई सहज हुने जनाएको छ ।

अहिले निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यलयमा फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ ।

अनलाईन

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top