२०७९, २६ श्रावण बिहीबार

गभर्नरको राजीनामा माग्दै प्रदर्शन

डबली खबर     असार ३० २०७९ १९:०९

Maha Prasad Adhikari Governer
Diyo Pathshala Montessori

नुवाकोट – नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् ।

बिहिबार विदुर नगरपालिकाको बट्टारमा माओवादीनिकट भ्रातृ संगठनले गभर्नर अधिकारीविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘नालायक गभर्नर राजिनामा दे!’, ‘भ्रष्ट एमाले कार्यकर्ता पदच्युत गर’, ‘नालायक गभर्नर राजिनामा दे’ लगायतका प्लेकार्ड बोकेका थिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीको आलोचना भइरहेको छ ।

बुधबार काठमाडौंमा पनि राजीनामा माग प्रदर्शन गर्दै अखिल (क्रान्तिकारी) र वाइसिएलले गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसँग माग समेत गरेका थिए ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top