२०८१, १३ बैशाख बिहीबार

विद्यार्थी आउनै छाड्यो!

डबली खबर     असार २३ २०७९ ०८:०६

bageshwori basic school
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

जिलिङ – निञ्जना-बाघखोर सडक निर्माणपछि बेलकोटगढी नगरपालिका-८ जिलिङस्थित बागेश्वरी आधारभुत विद्यालयमा विद्यार्थी पातलिएको छ । निजी तथा अन्य विद्यालयमा विद्यार्थी भरिभराउ भईरहँदा उक्त विद्यालयमा विद्यार्थी संख्या पातलिएको छ ।

सडकको स्तरोन्नतीपछि अभिभावकहरु शहरिया जीवनशैलीले बसाईसराई गएका र घर आँगनमै निजी विद्यालयको साधन आउने भएपछि आफ्ना बालबालिकालाई विदुर नगरपालिकाका विभिन्न क्षेत्रका विद्यालयमा आफ्ना बालबालिका पठाउने गरेकोले विद्यार्थीको संख्या घटेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पुडासैनीले बताए ।

“विद्यालयमा करिब १५० को हाराहारीमा विद्यार्थी अध्ययन गर्ने गरेकोमा अहिले ३० भन्दा कम विद्यार्थी रहेको छ”, उनले भने “विद्यालयको कक्षा ३ र ४ मा अंग्रेजी माध्यमबाट अध्यापन हुने भएतापनि गाउँको शिक्षा भन्दा शहरमा रहेको विद्यालयको शिक्षा राम्रो हुने मनसायले विद्यार्थी लग्ने गरेको छ ।”

अभिभावक र व्यवस्थापन भेलामा विद्यालयको शैक्षिक सुधारका प्रस्ताव बारम्बार राख्दा पनि कुनै कार्यन्वयन नभएको उनले बताए ।

विद्यालयमा ३० वर्ष स्थायी दरबन्दीको रुपमा अध्यापन गराउँदै आईरहेकोमा आगामी पुष महिनामा अनिवार्य अवकाश हुदैं गर्दा विद्यालयमा विद्यार्थीको संख्या कमि भएकोमा उनी दु:खी भएका छन् । बालशिक्षा र दिवा खाजा कार्यक्रम विद्यालयमा लागुभएतापनि विद्यार्थीहरु विद्यालय आउन छाडेको बताए ।

हाल विद्यालयमा दरबन्दी शिक्षक ३ जना, बाल शिक्षिका १ जना, नगरपालिकाबाट शिक्षक १ र कर्मचारी १ जना रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top