२०८१, १४ बैशाख शुक्रबार

किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स

डबली खबर     असार २१ २०७९ १८:३६

kimtang health post ambulance
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा म्यागङ गाउँपालिका-४ किम्ताङमा रहेको स्वास्थ चौकीलाई एम्बुलेन्स प्राप्त भएको छ ।

नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीको पहलमा उक्त एम्बुलेन्स नेपाल भारत सहयोग अन्तर्गत भारतीय दूतावासबाट प्राप्त भएको हो ।

ग्रामीण भेगमा रहेका जनताको जीवन रक्षार्थ वडाध्यक्ष कमल तामाङको निरन्तर खबरदारी पश्चात् भारतीय दूतावासबाट उक्त एम्बुलेन्स प्राप्त भएको वडाध्यक्ष कमल तामाङले बताए ।

kimtang health post ambulance

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको थियो । 

आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघ/संस्थाहरुमा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको हो। 

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ। 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top